हेटौंडामा करेन्ट लागेर एक युवकको मृत्यु

२५ पुस, हेटौंडा । हेटौंडा-१७ स्थित कर्रा जोडधारा खोलामा माछा मार्नको लागि करेन्ट मिलाउने क्रममा अचानक करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ ।

सोही वडास्थित गुरौं खोलाका सख्त घाइते भएका १८ वर्षीय अमृत तामाङको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

आइतबार राति साढे ९ बजे तामाङ माछा मार्न खोलामा गएका थिए । घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।



from समाचार – Online Khabar https://ift.tt/UMHYxI9

Post a Comment

0 Comments