सत्ता बाहिर दोधारे कांग्रेस : कतै सहयोगी, कतै प्रतिस्पर्धी

५ माघ, काठमाडौं । संघीय संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा भने सत्तापक्षका उम्मेदवार देवराज घिमिरेलाई मत दिएन, बरु ईश्वरी न्यौपानेलाई आफ्नै उम्मेदवार बनायो । केन्द्रमा मात्र होइन, प्रदेशहरुमा पनि कांग्रेसको व्यवहारमा एकरुपता छैन ।

कतै सरकारलाई विश्वासको मत दिएको छ, कतै दिएको छैन । सभामुखमा पनि कतै उम्मेदवार बनाएको छ, कतै बनाएको छैन । कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाका विभिन्न पदमा प्रतिस्पर्धा गरे पनि जित हासिल गरेको छैन, किनभने सबै प्रदेशसभा सत्ता गठबन्धनमा रहेका दलहरुको बहुमत छ ।

यो व्यवहारबाट कांग्रेसको स्पष्ट नीति के हो खुल्दैन, आफैं अलमलिएको हो कि भन्ने आशंका हुन्छ । कांग्रेसको दोहोरो भूमिकालाई लिएर पार्टीभित्रै प्रश्न समेत उठेको छ । केन्द्रीय सदस्य जीवनबहादुर शाही भन्छन्, ‘विश्वासको मत हामीले दिने हो भने कांग्रेस सत्ता पक्ष भएन र ? कि सत्ता पक्ष हौं भन्न पर्‍यो ।’

एमालेलाई असहयोग

कांग्रेसले सभामुख र मुख्यमन्त्रीमा एमालेका उम्मेदवारलाई असहयोग गरेको छ । उसले प्रतिनिधिसभा र प्रदेशसभामा एमालेका उम्मेदवार रहेको ठाउामा आफ्नो पनि उम्मेदवार बनाएको छ र एमालेका नेता मुख्यमन्त्री बन्दा विश्वासको मत दिएको छैन ।

प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरेसागको प्रतिस्पर्धामा कांग्रेसले ईश्वरी न्यौपानेलाई उठायो । एमालेबाट मुख्यमन्त्री भएका प्रदेश १ का हिक्मतकुमार कार्की, गण्डकीका खगराज अधिकारी, लुम्बिनीका लिला गिरीलाई विश्वासको मत दिएन ।

सुदूरपश्चिमका राजेन्द्र रावललाई पनि विश्वासको मत नदिने कांग्रेसबाट प्रदेशसभा सदस्य बहादुरसिंह थापाले बताए । ‘अरु तिर केन्द्रले के निर्देशन दियो, त्यही अनुसार निर्णय लिएका होलान् । सुदूपश्चिममा कांग्रेसले विश्वासको मत दिने सोंच बनाएको छैन, दिादैन’, थापाले भने ।

एमालेबाट सभामुखको उम्मेदवार बनेका मधेशका रामचन्द्र मण्डल, कर्णालीकी नन्दा गुरुङलाई पनि सर्वसम्मत हुन दिएन । मधेशमा जंगीलाल रायलाई र कर्णालीमा खडक पोखरेललाई उम्मेदवार बनायो ।

माओवादीलाई कतै सहयोग, कतै प्रतिस्पर्धा

कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियो । प्रदेशहरुमा भने उसको व्यवहार समान छैन ।

बागमतीका मुख्यमन्त्री माओवादीका शालिकराम जम्कट्टेललाई कांग्रेसले विश्वासको मत दियो, तर कर्णालीका मुख्यमन्त्री माओवादीकै राजकुमार शर्मालाई विश्वासको मत नदिने कर्णाली प्रदेशसभा सदस्यसमेत रहेका कांग्रेस नेता जीवनबहादुर शाही बताउाछन् ।

सभामुखमा माओवादीको उम्मेदवार रहेका प्रदेश १ र लुम्बिनीमा कांग्रेसले प्रतिस्पर्धा गरेन । त्यसैले प्रदेश १ मा बाबुराम गौतम र लुम्बिनीमा तुलाराम घर्ती सर्वसम्मत सभामुख बने ।

संसदको साझा व्यक्ति भएकाले सभामुख पदलाई सर्वसम्मत बनाउन सहयोग गरेको कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले बताए ।

तर गण्डकी र सुदूपश्चिमको सभामुखमा भने कांग्रेसले माओवादीसागै प्रतिस्पर्धा गर्‍यो । गण्डकीमा माओवादीका कृष्ण धितालसाग कांग्रेसले सरस्वती अर्यालले प्रतिस्पर्धा गरिन् भने सुदूरपश्चिममा माओवादीका भीम भण्डारीसाग काग्रेसका मानबहादुर रावलले प्रतिस्पर्धा गरे ।

राप्रपालाई पनि असहयोग

कांग्रेसले राप्रपाका उम्मेदवारलाई पनि सहयोग गरेको छैन । राप्रपाले सत्ता गठबन्धनको भागवण्डामा बागमती प्रदेशको सभामुख पाएको थियो ।

जसमा महामन्त्री भुवन पाठकलाई उम्मेदवार बनाएको थियो । तर कांग्रेसले शिवराज अधिकारीलाई उम्मेदवार बनायो ।

जसपालाई निकट राख्ने प्रयत्न

कांग्रेसले जनता समाजवादी पार्टीलाई भने निकट राख्ने प्रयत्न गरेको छ । मधेशको मुख्यमन्त्री बनेका जसपा नेता सरोजकुमार यादवलाई कांग्रेसले विश्वासको मत दिादा उनले प्रदेशसभाको शत प्रतिशत मत पाए ।

मधेश प्रदेशसभा संसदीय दलका नेता तथा प्रदेश सभापति कृष्ण यादव सरकारलाई काम गर्ने वातावरण बनाउनका लागि मुख्यमन्त्रीलाई विश्वासको मत दिएको तर्क गर्छन् ।

‘विश्वासको मत दिएका हौं । सरकारलाई समर्थन दिएका होइनौं । दोहोरो भूमिका कांग्रेसले देखाएको छैन’, यादवले भने,’सरकारलाई राम्रो काम गर्न विश्वासको वातावरण बनाइदिएका हौं । सरकारले राम्रो काम गरेन भने विश्वासको मत तुरुन्त फिर्ता लिन्छौं ।’

कांग्रेसले मधेशमा सरकारमा परिवर्तन हुने अवस्था आएमा मधेशवादी दलको साथले सत्तामा पुग्ने आशा राखेको छ । संसदीय दलको नेता यादवले पनि यसलाइ नकारेनन् । ‘पछिको कुरा के हुन्छ अहिले कसरी भन्ने ?’ उनी भन्छन् ।



from समाचार – Online Khabar https://ift.tt/zFSKvL7

Post a Comment

0 Comments