यती एयर विमान दुर्घटना : पहिचान भएका शव आज आफन्तको जिम्मा लगाइने

२ माघ, काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।

पहिचान भएका शव आवश्यक प्रक्रिया पूरा गरेर आज आफन्तलाई जिम्मा लगाइने भएको हो । पहिचान भएका शवहरू बिहान ९ बजेदेखि प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने तयारी गरिरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।

पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौंमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको उनले बताए ।

दुर्घटना भएको यती एयरलाइन्सको जहाजमा चालक दलका चार सदस्यसहित ७२ जना थिए । ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । केही शव दुर्घटनास्थलबाट निकाल्न कठिनाइका भएको छ भने केही फेला परेका छैनन् ।

आज पनि उद्धारको काम जारी छ ।



from समाचार – Online Khabar https://ift.tt/dNlMHet

Post a Comment

0 Comments