पुसको जाडोमा पनि राहदानीका लागि घण्टौं लाइन

७ पुस, काठमाडौं । राहदानीका लागि घण्टौं लाइन बस्नुको बाध्यता अझै पनि हटेको छैन ।

बिहीबार बिहान त्रिपुरेश्वरस्थित विभागको कार्यालय अगाडि देखिएको सेवाग्राहीको लामो लाइनले यही कुरा पुष्टि गर्छ ।

छिटो पालो पाउने आशमा पुसको जाडोमा सेवाग्राहीहरु झिसमिसेमै लाइनमा बसेको देखिन्थ्यो । कतिपयले रात नै यहीँ काटेको अनुभव पनि सुनाउँछन् ।

सेवाग्राहीलाई सहज होस् भनेर राहदानी विभागले अनलाइनबाट समेत सेवा दिंदै आएको छ । तर लाइन लाग्ने बाध्यता अझै हटेको छैन ।

राहदानी विभागले पुस ५ गतेदेखि अपराह्न साढे ३ बजेदेखि अनलाइन आवेदनका लागि बुकिङ सुरु गर्ने समय निर्धारण गरेको छ । यसअघि दैनिक ११ बजेदेखि बुकिङ सुरु हुन्थ्यो ।

प्रायजसो जिल्ला र इलाका प्रशासन कार्यालयहरु पनि ११ बजेदेखि नै बुकिङ खुलाउँदा विभागको सर्भरमा अत्यधिक चाप परेर वेबसाइट नै नखुल्ने समस्या भएपछि समय हेरफेर गरेको विभागले जनाएको छ ।



from समाचार – Online Khabar https://ift.tt/1ufp8A9

Post a Comment

0 Comments