६ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसदहरुलाई मत दिएको प्रमाणका रुपमा फोटो खिचेर ल्याउन लगाइएको भन्दै गगन थापाले असन्तुष्टि जनाएका छन् ।
दलको नेतामा कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री थापा उम्मेदवार छन् । बुधबार बिहान मतदान सुरु हुनुअघि थापाले निर्वाचन समितिलाई मतदानस्थलमा मोबाइल निषेध गर्नुपर्ने बताएका थिए । तर सांसदहरुलाई मोबाइल नै लैजान रोक लगाउँदा उपयुक्त नहुने भन्दै समिति तयार भएन ।
मतदानका क्रममा कतिपय सांसदले आफूले दिएको मतको तस्वीर खिचेको देखेको थापाले बताए । ‘नखिच्नुस् भन्दाभन्दै १०-११ जनाले खिच्नु भयो । कोकोले खिच्नु भयो मलाई सबै थाहा छ, मेरो आग्रह छ, खिचेका साथीहरुले आ-आफ्नो सामाजिक सन्जालमा पोष्ट गर्दिनुस् ।’
मतदान स्थलमा मोबाइल लैजान पाउने कि नपाउने भन्ने विवादले पूर्वनिर्धारित समयभन्दा झण्डै एक घण्टा ढिलो मतदान सुरु भएको थियो ।
from समाचार – Online Khabar https://ift.tt/O1gvsU6
0 Comments
if you have any doubts, please let us know.