केही गरिछाड्नेहरुको केन्द्रीकरण भयो, जनतामा आशा बढ्यो : प्रधानमन्त्री प्रचण्ड

११ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले जनतामा आशा जगाएको दाबी गरेका छन् ।

मन्त्रिपरिषद्को पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले चुनावबाट जस्तो निर्णय आएको छ, त्यसलाई मन्त्रिपरिषद्ले समेटेको बताए ।

‘हाम्रो अगाडि थुप्रै जटिलता र चुनौतीहरु छन् । तर जनतामा आशा र भरोसा बढेको देखिएको छ’, उनले भने, ‘केही नयाँ गरिछाड्नेहरुको संकल्प भएकाहरुको केन्द्रिकरण भएको छ । त्यसकारण मलाई सहज लागेको छ ।’

अर्थतन्त्रमा देखिएको जटिलतालाई सुधार गर्ने, सुशासन र जनताको सेवा प्रवाहमा केन्द्रित हुनेबारे पहिलो बैठकमै छलफल भएको समेत उनले जानकारी दिए ।

राहदानी, लाइसेन्स सेवा प्रवाह गर्ने कार्यालयमा लामो लामो लाइन रहेको भन्दै उनले भने, ‘देशका अगाडि रहेका समस्याहरु सम्बोधन गर्ने केन्द्रित हुने संकल्प गरेका छौं ।’



from समाचार – Online Khabar https://ift.tt/7vg9Jmr

Post a Comment

0 Comments