सरकार गठनका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

१० पुस, काठमाडौं । सरकार गठनका लागि दाबी गर्ने आज अन्तिम दिन । बहुमतसहित सरकारको नेतृत्वको दाबी गरेर आउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आज साँझ पाँच बजेसम्मको समयसीमा सकिंदै छ ।

राष्ट्रपति भण्डारीले यही पुस ३ गते सूचना जारी गर्दै सात दिनभित्र सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेकी थिइन् ।

संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्नेछन् ।

दाबी पेस गर्ने म्याद सकिन लाग्दा पनि दलहरूले भने सहमति गर्न सकेका छैनन् । हालको सत्ता गठबन्धनले सरकार गठन गर्ने तयारी गरे पनि कसलाई प्रधानमन्त्री बनाउने भन्ने टुंगो लगाउन सकेको छैन ।

गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा वा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने भन्ने सहमति भएको छैन । यद्यपि, एकीकृत समाजवादीका माधव नेपालसहित आलोपालो प्रधानमन्त्री बन्ने सहमति बनेको स्रोतको दाबी छ ।

संसदको दोस्रो ठूलो दल नेकपा एमालेले भने औपचारिक रुपमा सरकार गठनको प्रयास गरेको छैन । सत्ता गठबन्धनका नेताहरूले भने आजै दाबी पेस गरिने बताएका छन् ।



from समाचार – Online Khabar https://ift.tt/AJgh9WB

Post a Comment

0 Comments