संखुवासभाबाट प्रदेशसभामा एमालेका लिंथेप निर्वाचित

९ मंसिर, संखुवासभा । संखुवासभाको प्रदेशसभा (२) बाट नेकपा एमालेका विदुर कुमार लिंथेप निर्वाचित  भएका छन्  । लिंथेपले १५ हजार ४ सय ८२ मत ल्याएर निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एकिकृत समाजवादी पार्टीकी सरिता खड्काले १५ हजार २ सय ४२ मत ल्याइन् । एमालेका लिंथेप २ सय ४० मतान्तरले निर्वाचित भएका हुन् । खड्का ०७४ मा नेकपा एमालेबाट  समानुपातिक तर्फबाट प्रदेश सांसद भएकी थिइन् भने एमालेका लिंथेप ०७४ को स्थानीय तह निर्वाचनमा मादी नगरपालिकाका मेयर थिए ।

जिल्लामा प्रतिनिधिसभा तर्फ एक र प्रदेशसभा तर्फ दुई क्षेत्र रहेका छन् ।



from समाचार – Online Khabar https://ift.tt/0ZgVueS

Post a Comment

0 Comments