दाङ–२ मा एमालेका शंकर पोखरेल झण्डै १२ सय मतले पछाडि

६ मंसिर, दाङ । दाङ–२ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले नेकपा एमालेका उम्मेदवार शंकर पोखरेलसँगको अग्रता १२ सय नजिक पुर्‍याएकी छन् ।

१० हजार ९५३ मत गणना हुँदा शर्माले चार हजार ७१५ मत पाएकी छन् भने पोखरेलले तीन हजार ५५७ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले एक हजार ५८० मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा निर्वाचित भएका थिए ।



from समाचार – Online Khabar https://www.onlinekhabar.com/2022/11/1221830

Post a Comment

0 Comments