यी हुन् विश्वकप फुटबलका अहिलेसम्मका उत्कृष्ट १० खेलाडी

काठमाडाैं । फुटबल एक महान स्तर हो । सर्वब्यापी खेल हाे । सबैजना रग्बी पीच भएको स्कूलमा जान सक्दैनन् र सबैले पोनी किन्न सक्दैनन् ।

जे होस्, रियो दि जेनेरियोको फाभेलासदेखि नैरोबीको बस्तीसम्म मोनाको र बेभर्ली हिल्सको खेल मैदानसम्म, तपाईंले बच्चाहरूलाई फुटबलमा लात मारिरहेको देख्नुहुनेछ ।

फुटबल स्टारहरू प्रायः नम्र उत्पत्तिबाट उठेर खेलकुदमा चम्किएका छन् । जो आफ्नो उत्कृष्ट योगदानमार्फत मैदान भित्र र बाहिर पनि एउटा प्ररणादायी व्यक्तिका रुपमा राज गरिरहेका हुन्छन् ।

विश्व कपका उत्कृष्ट १० नायकहरूमाथिको तर्कले दशकौंदेखि बहस गरिरहेको छ । फुटबल रहेसम्म यस्ता तर्कहरू चलिरहन्छन् । तर यहाँ, कतारमा २०२२ को विश्वकप अघि अलजजिराले तयार पारेको विश्वकपका उत्कृष्ट १० खेलाडी यस्ता छन् ।

१०. जिनेदिन जिदान

फुटबल खेलको उत्कृष्टमध्येएक, धेरै विवादित जिदानले सन् १९९८ मा घरेलु मैदानमा फ्रान्सका लागि विश्वकप जिते । उनले फाइनलमा दुई गोल गरेका थिए ।

सन् २००२ को विश्वकपमा चोटका कारण उनी धेरैजसो समय बाहिर रहे । तर, सन् २००६ को विश्वकपमा जिदान प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने ।

जर्मनीमा भएको उक्त विश्वकप फाइनलमा उनी चर्चित ‘हेडबट’का कारण रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । फ्रान्सेली टोली घर फर्कँदा पेरिसको सडकमा हजारौं समर्थकले जिदानको नाम लिएका थिए ।

फ्रान्सका लागि १०८ खेल खेल्दै ३१ गोल गरेका जिदानलले आफ्नो नेतृत्वमा राष्ट्रिय टिमलाई एउटा आकार दिएका थिए ।

प्रशिक्षकको रुपमा उनले रियल मड्रिडबाट तीन पटक च्याम्पियन्स लिग र दुई पटक ला लिगाको उपाधि जितेका छन् ।

९. जिम्मी ग्रिभ्स

वेम्बली रंगशालामा आइपुगेका समर्थकहरूलाई अभिवादन गर्न मुर्ती बनाइएका महान बबी मूर भन्दा अङ्ग्रेजी प्रशंसकहरूले जिमी ग्रीभ्सलाई धेरै माया गर्थे ।

घरेलु फुटबलमा पहिले नै एक स्टार बनिसकेमा ग्रीभ्सले पिच आक्रमण गर्ने कुकुरलाई बचाएर अन्तर्राष्ट्रिय चर्चा पाए । उनले सन् १९६२ को विश्वकपकमा इंग्लयाण्डले ब्राजिलविरुद्ध क्वाटरफाइनल खेल्दा ब्राजिलियन खेलाडीलाई आक्रमण गर्ने कुकुरलाई समाए ।

ब्राजिलको ग्यारिन्चाले कुकुरलाई घर लगे र ग्रीभ्सलाई ब्राजिलमा ‘गारिन्चाको कुकुर समाउने’ भनेर चिनिन थाल्यो ।

ग्रीभ्स इंग्ल्याण्डले १९६६ को विश्वकप जित्दाको टिमको सदस्य थिए । तर, फ्रान्सका जोसेफ बोनेलका कारण गहिरो चोट लागेपछि उनलाई १४ टाँका लगाइएको थियो र फाइनलबाट बाहिर रहे ।

ग्रीभ्सले इंग्लयाण्डका लागि ६ ह्याट्रिक गरेका थिए जुन कीर्तिमान अझै कायम छ ।

१९६६ को विश्वकप अभियान अहिले पनि इंग्ल्याण्डको लागि मुख्य पहिचानको केन्द्रबिन्दुको रुपमा छ । उक्त टोलीलाई विश्वव्यापी रूपमा मन पराइएको थियो । सन् १९६७ मा इंग्ल्याण्ड टिमबाट सन्यास लिएपछि ग्रिभ्स फुटबल पण्डित बने ।

फाइनल नखेलेका कारण उनले विश्व विजेता पदक पाएका थिएनन् । ग्रीभ्सलाई अन्ततः २००९ मा प्रधानमन्त्री गोर्डन ब्राउनले विश्वकप विजेता पदक प्रदान गरेका थिए ।

८. फेरेन्स पुस्कास

पुस्कास हंगेरीको गोल्डेन टिम ९माइटी मग्यार्स०का कप्तान थिए । जुन, जिम्मी होगानको टोटल फुटबलको प्रभावमा फस्टाएको थियो ।

उनले हंगेरीका लागि ८५ खेलमा ८४ गोल गरेका थिए । यस्तै स्पेनका लागि पनि चार खेल खेलेका थिए । पुस्कासको नेतृत्वमा हंगेरीले त्यस समय प्रभूत्व कायम गरेको थियो । त्यसबेला हंगेरीले १९५४ को विश्वकप फाइनल बाहेक दशकमै कुन खेल गुमाएको थिएन ।

पुस्कासले आफ्नो करियरमा ७०५ खेलमा ७०२ गोल गरेका छन् ।

युरोपेली फुटबलको महान खेलाडी पुस्कास १९५६ को हंगेरी क्रान्तिको समर्थक थिए र सोभियत सेनाले विद्रोहलाई कुल्चँदा आफ्ना २५०० देशवासीहरू मारिएपछि भ्रमणमा जाँदा स्पेनमा बसेका थिए ।

पुस्कास साम्यवादको पतन पछि हंगेरी फर्किएका थिए र उनलाई हंगेरीयनहरूले पूजा गर्थे ।

७. लोथार म्याथ्युज

जर्मनीको लागि सर्वाधिक खेल खेलेका लोथार म्याथ्युजले १५० अन्तर्राष्ट्रिय खेलमा २३ गोल गरेका छन् । बक्स टु बक्स मिडफिल्डरका रुपमा खेल्ने उनले पाँच विश्वकप खेले । उनले सन् १९९० मा पश्चिम जर्मनीलाई विश्वकप जिताउन मद्दत गरे ।

फिफा वर्ल्ड प्लेअर अफ दि इअरको अवार्ड जित्ने एक्लो जर्मन खेलाडीको रुपमा रहेको म्याथ्युजले विश्वकपमा सर्वाधिक २५ खेल खेल्ने कीर्तिमान राखेका छन् ।

प्राकृतिक नेतृत्वले उनलाई मैदानमा ‘कमाण्डिङ’ उपस्थिति दियो, र रणनीतिक चेतनासहित प्राविधिक क्षमताले उनलाई पीचमा रोक्न नसकिने प्रभुत्व प्रदान गर्यो ।

डिएगो म्याराडोनाले उनलाई आफूले सामना गरेको सबैभन्दा कठिन प्रतिद्वन्द्वी भनेका थिए ।

६. मिरोस्लाभ क्लोज

एक राम्रो व्यक्तित्व भएर मात्र पुरस्कार पाउनु दुर्लभ उपलब्धी हो । तर, जर्मनीका कीर्तिमानी गोलकर्ता, ‘सोमरसल्टिङ’ मिरोस्लाभ क्लोजमा योबाहेक धेरै गुण थिए ।

उनको करियर निष्पक्ष र शालीनताले भरिएको थियो । यतिसम्म कि उनले क्लब फुटबलमा आफूलाई प्रदान गरिएको पेनाल्टीसमेत अस्वीकार गरेका थिए । किनभने रेफ्रीले गल्ती गरेको उनलाई थाहा थियो ।

क्लोजले चार विश्वकपमा गोल गरे र अन्ततः २०१४ मा विश्वकप ट्रफी उठाए ।शारीरिक रुपमा शसक्त फरवार्ड क्लोजले जर्मनीको लागि १३७ खेल खेल्दै ७१ गोल गरे । उनले विश्वकपमा १६ गोल गरेका छन् । जुन कीर्तिमान हो ।

५. रोनाल्डो

‘द फेनोमेनन’ को रुपमा परिचित रोनाल्डोले ब्राजिलका लागि ९८ खेल खेल्दै ६२ गोल गर्दा स्ट्राइकरको भूमिकालाई पुनस् खोज गरेका थिए । उनले १७ वर्षको उमेरमै सन् १९९४ को विश्वकप ट्रफी उचालेका थिए ।

चार वर्षपछि ब्राजिललाई फाइनलमा पुर्‍याएका उनी सर्वोत्कृष्ट खेलाडी बनेका थिए । तर, उनी फाइनलको केही घण्टाअघि मात्रै चोटग्रस्त बने । उनले २००२ को विश्वकप फाइनलमा दुई गोल गरेका थिए । त्यसअघि नै उनले ६ गोल गरिसकेका थिए र दोस्रोपल्ट विश्वकप उपाधि जिते ।

२००६ मा विश्वकप खेल्दै रोनाल्डोले चौथो विश्वकपमा सहभागिता जनाए र उनले विश्वकपमा कीर्तिमानी १५ औं गोल समेत गरेका थिए ।

रोनाल्डोको गति, नियन्त्रण, दृष्टि, बलको कुल निपूर्णता, विस्फोटक दौड क्षमता, डिफेण्डरलाई पार गर्दै एक्रोबेटिक फ्लिक र चालहरूका साथ गोल गर्ने खुबीले संसारलाई मोहित पारे ।

४. फ्रान्ज बेकनबाउर

कसैले पनि फ्रान्स बेकनबाउरलाई विश्वकपको महान खेलाडीबाट बाहिर राख्न सक्दैन । उनी खेलाडी र प्रशिक्षक दुवैको रुपमा विश्वकप जित्ने तीन जनामा एक थिए । ब्राजिलका मारियो जागोला र फ्रन्सका डिडियर डेसच्याम्पले पनि यो उपलब्धी पाए ।

डिफेण्डर रुपमा खेल्ने भए पनि बेकनबाउरले पश्चिम जर्मनीका लागि १०३ खेल खेल्दा १४ गोल गरेका थिए । सन् १९७४ मा पश्चिम जर्मनीले विश्वकप जित्दा उनी कप्तान थिए ।

१९६६ को विश्वकप फाइनलमा इंग्ल्याण्डसँग हारेपछि उनले इंग्ल्याण्डविरुद्ध चार वर्षपछि गोल गर्दै पश्चिम जर्मनीलाई सेमिफाइनल पुर्‍याएका थिए ।

विश्वकपमा खेलाडीको रुपमा तीन पटक सहभागिता उनको लागि पर्याप्त भएन र उनले सन् १९९० को विश्वकपमा प्रशिक्षकको रुपमा जर्मनीलाई उपाधि जिताउँदै नयाँ युगतर्फ लगे ।

पछि उनले सन् २००६ को विश्वकप आयोजना गर्ने जर्मनीको दाबीलाई सफलतापूर्वक नेतृत्व गरेका थिए । उक्त अभियानमा कथित भ्रष्टाचार भएको भन्दै फिफाले छानविन गरेको थियो ।

३. योहान क्रुफ

तीन पटकको बालोन डी’ओर विजेता क्रुफ ‘टोटल फुटबल फिलोसोफी’मा धेरै प्रभाव पार्ने मध्येका एक थिए । उनले फुटबलमा नयाँ स्तर भित्र्याएका थिए ।

क्रुफका लागि फुटबल केवल एक खेलमात्र थिएन । दिमाग, शरीर र कलात्मकताको एक मिश्रण थियो । सादगी र सौन्दर्यमा एक व्यायाम थियो ।

उनी एक रचनात्मक प्लेमेकर थिए जसले खेलाडीको पिच पोजिसनको ज्यामितिमा अनौठो बुझाइ राख्थे । उनले आर्केस्ट्राको कन्डक्टर जस्तै आफ्नो टोलीको नेतृत्व गरे । क्रुफले गोल गरेको खेलमा नेदरल्याण्ड्स कहिल्यै हारेन । उनले ४८ अन्तर्राष्ट्रिय खेलमा ३३ गोल गरे ।

क्रुफले नेदरल्याण्ड्सलाई १९७४ को विश्वकप फाइनलमा पुर्‍याए । उनले अर्जेन्टिनाविरुद्ध दुई गोल गरेका थिए भने १९७० को च्याम्पियन ब्राजिललाई आउट गर्न पनि गोल गरे ।

फ्रान्स बेकनबाउरको उत्कृष्ट डिफेन्सले मात्र क्रुफको प्रयासलाई निराश बनायो र डचम्यानलाई ट्रफी उचाल्नबाट रोक्यो ।

क्रुफले १९७८ को विश्वकप खेलेनन् किनभने अपहरणको प्रयासले उनलाई फुटबलको ग्लोबल स्टेजमा आफ्नो प्राथमिकताहरूको पुनस् मूल्यांकन गर्न प्रेरित गर्यो । तर, उनको क्रान्तिकारी विरासत थियो । त्यो खेलाडी र प्रशिक्षक दुवै भूमिका निभाएका अयाक्स र बार्सिलोनामा मात्र होइन किन डच राष्ट्रिय टोली र खेलको भविष्यको लागि पनि थियो ।

टोटल फुटबल, ‘टिकी-टाका’, क्रुफको टर्न, यी सबैले फुटबल खेल्ने तरिकामा उनको निपूर्णताको पुष्टि गर्छन् ।

२. डिएगो म्याराडोना

लागु औषधको लत लागेका ‘गोल्डेन ब्वाइ’ म्याराडोना फुटबलको इतिहासमा महान खेलाडीमध्ये एक हुन् ।

उनले १९८६ को विश्वकप क्वाटरफाइनलमा इंग्ल्याण्डका पाँच खेलाडीलाई पार गर्दै ६० मिटर लामो ड्रिबलले ‘गोल अफ दि सेन्चुरी’ बनायो । त्यसपछि फुटबलकै प्रख्यात ह्याण्डबल गोल गरे । जुन पछि ‘दी ह्यण्ड अफ गड’ अर्थात भगवानको हात भनेर चर्चित भयो ।

उक्त खेलले म्याराडोनाका दुई पक्षलाई चित्रण गर्‍यो । उनी अर्जेन्टिनाका कच्चा तर, विलक्षण प्रतिभा भएका कप्तान थिए । नियमहरूको पूर्ण अवहेलना गर्थे । गरीव बस्तीमा जन्मेका एक विलक्षण प्रतिभा थिए । कसैको जन्मजात प्रतिभाले तपाईंलाई अलग गर्छ भन्ने विश्वास थियो ।

म्याराडोनाले राष्ट्रिय टिमका लागि १६ वर्ष हुँदा पहिलो पटक खेले र त्यसको दश वर्षपछि १९८६ मा अर्जेन्टिनाले विश्वकप जित्यो । म्यारडोनाले अर्जेन्टिनाका लागि ९१ खेल खेल्दै ३४ गोल गरे । तर, १९९१ मा कोकेन ओसारपसार गरेको आरोपमा उनको गिरफ्तारी नभएको भए उनको अझै कति धेरै महिमा हुन्थ्यो भन्ने कसैलाई थाहा छैन । त्यसपछि नै उनको मैदान बाहिरको जीवनबारे चर्चा हुन थाल्यो ।

उनले चार विश्वकप खेले तर, प्रतिबन्धित पदार्थ इफेड्रिनको लागि डोपिङमा असफल भएपछि उनले १९९४ को विश्वकप पूरा गर्न पाएनन् ।

खेलाडी जीवन सकिएपछि उनले विभिन्न वामपन्थी मोर्चाहरुलाई समर्थन गरे, इराकमा युद्धको विरोध गरे, पोपसँग सम्पत्तिको बाँडफाँडमा बहस गरे र इजरायलको गाजामा भएको बमबारीको निन्दा गरे । म्याराडोनाले चे ग्वेभारा र फिडेल क्यास्ट्रोको ट्याटू खोपाएका थिए र २००७ को कोपा अमेरिकामा ह्युगो चाभेज ९भेनेजुएलाका राष्ट्रपति०को अतिथि थिए ।

अर्जेन्टिनामा म्याराडोनाको लोकप्रियता यस्तो थियो कि हृदयघातबाट ६० वर्षको उमेरमा मृत्यु भएपछि उनको कफिनमा राष्ट्रिय झण्डा टाँसिएको थियो र फुटबल जर्सीले सजाइएको थियो ।

कफिनलाई राष्ट्रपतिको दरबारमा राखिएको थियो जसमा दशौं हजार शोककुल समर्थकले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

१. पेले

ब्राजिलका पेलेभन्दा सफल फुटबल आइकन अहिलेसम्म कोहि पनि छैन ।

१९५८ मा जब उनले विश्वकपमा पहिलो गोल गरे, त्यसले वेल्सको विश्वकप सपनालाई अर्को सात दशकसम्म समाप्त पार्ने एउटा खराब नतिजा बन्यो । के कसैलाई थाहा थियो पेले कति महान बन्छन् भनेररु

पेलेले आफ्ना दुवै खुट्टामार्फत आउने पुस्तालाई प्रेरित गर्ने किसिमको जादू उत्पादन गर्न सक्थे । पिच बाहिर, उनी साँच्चीकै विश्वव्यापी रुपमा ‘ब्ल्याक स्पोर्ट सुपरस्टार’ थिए ।

गरिबहरूको जीवन सुधार गर्नको लागि स्पष्ट समर्थनले उनलाई राष्ट्रिय नायक बनायो ।

पेलेले सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटक विश्वकपको उपाधि उचालेका थिए । उनी ९२ खेलमा ७७ गोलसहित ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनी संसारभरि यति प्रसिद्ध छन् कि १९६९ मा नाइजेरियामा क्रूर गृहयुद्ध भइरहँदा लागोसमा पेलेको प्रदर्शनी खेल हेर्नका लागि दुवै पक्षहरू युद्धविराम गर्न सहमत भएका थिए ।

उनी एक उत्कृष्ट गोलकर्ता थिए जसले मैदानमा जुनसुकै स्थानबाट दृष्टि र स्वभावका साथ खेल्न सक्छ । उनी कहिल्यै स्वार्थी भएनन्, टोलीका अन्य खेलाडीहरूसँग उदार रुपमा सहयोग गर्थे ।

पिच भित्र र बाहिर उनको प्रेरणादायी नेतृत्वले नेल्सन मण्डेला र हेनरी किसिन्जर जस्ता विविधता भएका व्यक्तित्वहरूले पेलेको प्रशंसा गरेका थिए ।

‘त्यहाँ पेले मानिस र त्यसपछि पेले खेलाडी छन्,’ फ्रान्सका मिचेल प्लाटिनीले कुनै समय भनेका थिए, ‘र, पेले जस्तै खेल्नु भनेको भगवान जस्तै खेल्नु हो ।’



from समाचार – Online Khabar https://ift.tt/pyqT0Mg

Post a Comment

0 Comments