मकवानपुर–२ मा एमाले अगाडि, विरोध खतिवडा पछि परे

५ मंसिर, हेटौंडा । मकवानपुर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता लिएका छन् ।

६ हजार ५१८ मत गणना हुँदा उनले दुई हजार ७३३ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले दुई हजार ६८६ मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ५३४ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा एमालेबाट विरोध खतिवडा निर्वाचित भएका थिए ।



from समाचार – Online Khabar https://www.onlinekhabar.com/2022/11/1221811

Post a Comment

0 Comments