समानुपातिकमा कांग्रेसभन्दा एमाले २१ हजार मतले अगाडि, स्वतन्त्र पार्टी तेस्रो

७ मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक पद्धतितर्फ धेरै मत पाउनेमा नेकपा एमाले पहिलो स्थानमा रहेको छ ।

निर्वाचन आयोगले मंगलबार राति १२ बजे अपडेट गरेको विवरण अनुसार एमालेले १ लाख ६३ हजार मत पाएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ लाख ४२ हजार ९१२, तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ७२ हजार २८१, चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ६९ हजार ३५५ मत पाएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ३८ हजार १६५, जनमत पार्टीले १३ हजार १०, जनता समाजवादी पार्टीले १२ हजार ५३५, नेकपा एकीक्ृत समाजवादीले ८ हजार ७१० र नेपाल मजदुर किसान पार्टीले ८६३६ मत पाएको छ ।



from समाचार – Online Khabar https://ift.tt/hwakFOu

Post a Comment

0 Comments