मोरङ–३ मा कांग्रेसका सुनिल शर्मालाई अग्रता, रेखा थापा तेस्रो

५ मंसिर, विराटनगर । मोरङ–३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले फराकिलो अग्रता लिएका छन् ।

उनले एक हजार ११६ मत पाउँदा नेकपा एमालेका भानुभक्त ढकालले ५३२ मत पाएका छन् ।

त्यस्तै राप्रपाकी उम्मेदवार रेखा थापाले २४२ मत पाएकी छन् । यो क्षेत्रमा २०७४ सालमा पनि कांग्रेसका सुनि शर्मा र एमालेका ढकालबीच नै प्रतिस्पर्धा भएको थियो र ढकाल निर्वाचित भएका थिए ।



from समाचार – Online Khabar https://www.onlinekhabar.com/2022/11/1221819

Post a Comment

0 Comments