जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही ६ हजारभन्दा बढी मतले अगाडि

७ मंसिर, जुम्ला । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मतान्तरसहित अग्रता जारी राखेका छन् ।

आज बिहान साढे ६ बजेको परिणाम अनुसार शाहीले १२ हजार ५१५ मत पाएका छन् । माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतम कुँवरको मत ६ हजार ९८ मत छ । शाही र कुँवरबीचको मत अन्तर ६ हजार ४१७ छ ।

नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले २ हजार ९६० मत पाएका छन् । ४५ हजार ५९ मत खसेकोमा हालसम्म २३ हजार ८२९ मत गणना भएको छ । १ हजार ३०४ मत बदर भएको छ ।

२०७४ को निर्वाचनमा जुम्लाबाट माओवादी केन्द्रका गजेन्द्र महतले जितेका थिए ।



from समाचार – Online Khabar https://ift.tt/uRwbUDr

Post a Comment

0 Comments