सिन्धुपाल्चोक-२ मा कांग्रेसका मोहन बस्नेत विजयी, हारे शेरबहादुर तामाङ

९ मंसिर, सिन्धुपालचोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् । शुक्रबार विहान सकिएको मतगणना अनुसार उनले नेकपा  एमालेका शेरबहादुर तामाङलाई ११ हजार ८ सय ७४ भारी मतान्तरसहित पराजित गरेका हुन् ।

बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याउँदा एमालेका तामाङले २७ हजार ४ सय ९३ मत मात्रै ल्याउन सके ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माया गुरुङले २ हजार ४ सय ५२ मत ल्याइन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नरसिंह श्रेष्ठले २ हजार ८ सय १९ मत ल्याए ।

सत्तारुढ गठबन्धनले गरेको चुनावी तालमेलका कारण यसअघि क्षेत्र नम्बर १ बाट चुनाव लड्ने गरेका बस्नेत यसपटक क्षेत्र नम्बर २ मा आइपुगेका थिए ।

बस्नेतसँगै निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) मा कांग्रेसका कृष्णकुमार तामाङ ‘समिर’ विजयी भएका छन् । एमालेका हस्त पण्डित भन्दा १ हजार ५ सय ५ मत बढी ल्याउदै समिर बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । उनले १७ हजार ७ सय ५८ मत ल्याउदा एमालेका हस्त पण्डितले १६ हजार २ सय ५३ मत प्राप्त गरेका थिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द गुरुङले ३ हजार ४ सय ३३ मत ल्याएका छन् ।



from समाचार – Online Khabar https://ift.tt/f6FeVLG

Post a Comment

0 Comments