सिन्धुलीबाट प्रदेश सभामा माओवादीका गंगानारायण र कांग्रेसका छेत्रबहादुर विजयी

७ मंसिर, काठमाडौं । सिन्धुली क्षेत्र नं. २ को प्रदेश सभा २ मा नेकपा माओवादी केन्द्रका गंगानारायण श्रेष्ठ विजयी भएका छन् ।

उनी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राम कुमार पौडेललाई ३ हजार २१२ मत अन्तरले पछि पार्दै प्रदेश सभामा विजयी भएका हुन् ।
श्रेष्ठले १३ हजार १ र पौडेलले ९ हजार ७८९ मत पाएका छन् ।

प्रदेश सभा १ मा नेपाली कांग्रेसका छेत्रबहादुर बम्जन १६ हजार ८३५ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विनोद कुमार खड्काको मत ११ हजार ६३३ छ ।



from समाचार – Online Khabar https://ift.tt/Kp1JPWU

Post a Comment

0 Comments