३१ असोज, पोखरा । नेपाल पुलिस क्लबका बिनेश खनियाँले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत टेवल टेनिसको तीन स्पर्धामा स्वर्ण जितेका छन् ।
पोखरामा जारी प्रतियोगितामा मिक्स्ड डवल, पुरुष डवल र टिम स्पर्धामा बिनेशले पुलिसका लागि स्वर्ण जितेका हुन् ।
सोमबार भएको पुरुष डवल्सतर्फ बिनेश र नेपाल नम्बर एक स्यान्टूको जोडीले एपीएफका शिवसुन्दर गोथे र अमरलाल मल्लको जोडीलाइ ३-१ को सेटमा पराजित गरे । यो स्पर्धामा त्रिभुवन आर्मी र प्रदेश १ ले कांस्य जिते ।
यसअघि आइतबार भएको स्पर्धामा पुरुष टिमतर्फ बिनेशसहित स्यान्टू, प्रदीप रोका, विपुल महर्जन र संयोग कपालीको टिमले फाइनलमा एपीएफलाई हराएर स्वर्ण जितेको थियो ।
आइतबारै सम्पन्न मिक्स्ड डवल्सको फाइनलमा पुलिसका बिनेश र एलिना महर्जनको जोडीले फाइनलमा नारायण घिमिरे र स्वेच्छा नेम्वाङको जोडीलाई ३-२ को सेटमा हराएर स्वर्ण जिते ।
यो स्पर्धामा एनआरएनए र गण्डकी प्रदेशले कांस्य जिते ।
बिनेशले सोमबारदेखि सुरु पुरुष एकलको स्पर्धामा पनि सहभागिता जनाउँदैछन् ।
from समाचार – Online Khabar https://ift.tt/JShQRkz
0 Comments
if you have any doubts, please let us know.