गुल्मीमा पहिरोले ट्रान्सफर्मरमा क्षति पुर्‍याएपछि विद्धुत सेवा अवरुद्ध

२० असोज, गुल्मी । अविरल वर्षासँगै खसेको पहिरोले ट्रान्सफर्मरमा क्षति पुर्‍याएपछि गुल्मीमा विद्युत सेवा अवरुद्ध भएको छ ।

तम्घासको पुतली बजारमा रहेको ३३ केभी मेन लाइनको ट्रान्सफर्मरमा माथिबाट खसेको पहिरोले क्षति पुर्‍याएको नेपाल विद्धुत प्राधिकरण गुल्मी  वितरण केन्द्रले जनाएको छ ।

पहिरोले ठूलै क्षति पुर्‍याएको र विद्धुत सेवा अवरुद्ध  भएको केन्द्रले जनाएको छ । लगातार वर्षा भएकाले मर्मतमा समेत कठिनाइ भइरहेको छ ।

पानी रोकिन साथ मर्मत कार्य अगाडि बढाइने गुल्मी वितरण केन्द्रले जनाएको छ ।

पहिरोले रेसुङ्गा नगरपालिकाको प्रशासकीय भवन पनि जोखिम भएको छ भने ग्रामीण सडकहरु पनि अवरुद्ध भएका छन् ।



from समाचार – Online Khabar https://ift.tt/Ii9gnrp

Post a Comment

0 Comments