थापाथलीमा अनधिकृत संरचनामा महानगरले चलायो डोजर

२८ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।

महानगरले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि यूएन पार्कको पुल आउने क्षेत्र (सुकुम्बासी बस्ती नजिकै) निर्माण भएका अनधिकृत संरचना हटाइरहेको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार सो क्षेत्रमा निर्माण भएको क्रियापुत्री भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पुजारी भवन लगायतका संरचनाहरु अनधिकृत भएकोले हटाइरहेको हो ।

हेर्नुहोस् तस्वीरहरु

 



from समाचार – Online Khabar https://ift.tt/4QdaLMY

Post a Comment

0 Comments