एकै परिवारका ३ जनाको ज्यान गएको चन्द्रागिरिको पहिरो तस्वीरमा हेर्नुस्

२१ असोज, काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा ध्यान केन्द्र पहिरोमा पुरिंदा मृत्यु भएका तीनै जनाको शव संकलन गरी पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ ।

चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ मा पर्ने रेक्की ध्यान केन्द्र पुरिंदा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथिको मृत्यु भएको वडा अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए ।

उनीहरु तीनै जनाको शव संकलन गरी पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको थियो । डोजरको सहायताले प्रहरीको टोली उद्धारमा खटिएको थियो ।



from समाचार – Online Khabar https://ift.tt/GrpWPOB

Post a Comment

0 Comments