हातहतियार बुझाउन गोरखा प्रशासनको निर्देशन

१५ असोज, गोरखा । इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय गोरखाले निर्देशन दिएको छ ।

शुक्रबार सर्वजनिक सूचना जारी गर्दै प्रशासनले कात्तिक ५ गतेभित्र हातहतियार बुझाइसक्न निर्देशन दिएको हो ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

‘जिल्ला भित्रका सम्पूर्ण हातहतियार धनीहरुलाई नजिकको प्रहरी इकाइमा लगत राखी निर्वाचन पश्चात फिर्ता हुने गरी बुझाउन भनेका छौं,’ उनले भने ।



from समाचार – Online Khabar https://ift.tt/mv6YsaD

Post a Comment

0 Comments