‘बड्की मास्टर्नी”

कुनै बेला नवलपुरको तराईमा केवल थारु आदिवासीहरूको मात्र बसोबास थियो । बिहे भइनसकेकी मेरी आमा, परिवार र छिमेकीका साथै सँगी–साथीहरू भएर खेतीपाती गर्नुहुन्थ्यो, गाईबस्तु चराउन जानुहुन्थ्यो, जंगली जनावरको सिकार गर्नुहुन्थ्यो अनि खोलाका माछा, गंगटा, घोंगी मारेर खाने गर्नुहुन्थ्यो । गाउँ वरिपरि खान लायकको सागपात वा माछामासु जे सहजै उपलब्ध हुन्थ्यो, उहाँहरू त्यही खानुहुन्थ्यो ।

सवारी साधनका रूपमा आफ्नै दुई खुट्टा अथवा गोरुगाडा हुन्थे । केटाकेटीहरू अनि महिलाहरु गाउँबाट निस्केर बाहिर कतै घुम्न जाने चलन थिएन, सायद समाजको अनुमति थिएन । त्यसरी नै सबैको जीविकोपार्जन चलेको थियो ।

शिक्षाको ज्योति गाउँ वरिपरि कतै बलेको थिएन । गाउँलेहरूमध्ये आफ्नै पुर्खा–पूर्वजका बारेमा धेरैलाई जानकारी नै हुँदैनथ्यो । मेरी आमाले नै पनि आप्mना बाजे–बज्यै को हुनुहुन्थ्यो र के कस्ता हुनुहुन्थ्यो भनेर जान्नुभएन, उहाँहरूको नामसमेत कहिल्यै सुन्नुभएन !… मेरा बाजे रामरतन महतो र हजुरआमा सन्चरिया महतो नवलपरासीको पिठौली गाविस–१ को “गुरुवान” (जमिनदार) को घरमा हरवा (कमैया) हुनुहुन्थ्यो । ती जमिनदारलाई “पिठौलीको गुरौ” भनेर चिनिन्थ्यो । हजुरआमाहरूले त्यही जमिनदारको घरमा तीन वर्ष काम गर्नुभयो र त्यसै दौरान मेरी आमा शान्तिदेवी गुरौको जन्म भयो । मेरी आमालाई आफू कुन साल, महिना र गते जन्मेको हो भन्ने सम्बन्धमा केही थाहा छैन ।

आमा कान्छी छोरी हुनुहुन्थ्यो । उहाँका एकजना दाइ बिकवा महतो र एकजना दिदी लाली महतो हुनुहुन्थ्यो । आमा जन्मेको दुई बर्षमै हजुरबुबाको मृत्यु भएको थियो । ठूलीआमाको बिहे १५–१६ वर्षको उमेरमा पिठौली गाविसमै पर्ने नजिकैको गाउँ कुश्नाहरिमा भएको थियो । आमा जन्मेको दुई बर्षमै हजुरबुबाको मृत्यु भएको थियो । त्यसपछि परिवारलाई सबै कुरामा धेरै गाह्रो भयो । आमाका दाई केवल १०–११ वर्षको अनि सानीे छोरी (मेरी आमा) तीन वर्षका हुनुहुन्थ्यो, त्यसले गर्दा ‘काम गर्ने दह्रो मान्छे कोही नभएकाले’ परिवारको कोही सदस्यलाई पनि कसैले आप्mनो घरमा कमैया राख्न मानेनन् । अवस्था त्यसरी प्रतिकूल हुन गएपछि आफ्ना दुई बच्चा बोकेर हजुरआमा बास र गासका लागि आप्mनी जेठी छोरीको घरमा बस्न जानुभयो ।

मेरी आमा र मामाले हजुरआमासँग घाँसपात गर्दै र बाख्रा–गाईबस्तु चराउँदै त्यहीँ बाल्यकाल बिताउनुभयो । यस्तै परिवेशले गर्दा बिहे नहुँदासम्म आमाले स्कुल भनेको के कस्तो हुन्छ भन्ने नै सुन्नुभएको थिएन । समय निरन्तर बगिरहेको थियो र आफ्नै गतिले पाँच वर्ष त्यही घरमा बिते । अब मेरो मामा १५–१६ बर्षको बलियो किशोर भइसक्नुभएको थियो । त्यसपछि भने आमाको परिवार टेन्गरीको जमिनदार खोरबहादुर गुरौको घरमा हरवा बस्न जानुभयो । त्यति बेला मेरी आमा आठ वर्ष जतिकी हुनुहुन्थ्यो ।

हजुरआमासँगै मामा पनि काम गर्न सक्ने भएकाले उहाँहरूले काम पाउनुभयो । हजुरआमा  निकै खुसी हुनुभयो “छोरा अब राम्रो घरमा हरवा बस्न पाउने भयो” भनेर । उही जमिनदारको घरमा आमाले भाँडा माभ्mने र हजुरआमासँग बाख्रा हेर्न जाने गर्नुहुन्थ्यो भने मामाले हलो जोत्ने, दाउरा–घाँस गर्ने, गाईबस्तु चराउने सबै काम गर्नुहुन्थ्यो । त्योबाहेक हजुरआमाले खेतको काम पनि गर्नुपर्ने हुन्थ्यो ।

आमा त्यही टेन्गरी गाउँका जमिनदारको घरमा हुर्किनुभयो । उहाँ १५ वर्षकी हुँदाको कुरा हो, त्यही गाउँकै एकजना युवक (रैतीको छोरा) ले उहाँलाई मन पराएछन् र धेरैपटक आफूसँग “बिहे गर” भनेर कर गर्न थाले । आमाले ती युवक (र पछि मेरो बुबा) मनबोध सिंह गुरौलाई पटकपटक “बिहे गर्दिनँ” भनेर स्पष्ट भन्नुभयो । तर ती युवकले उहाँको पीछा छाडेनन् । यसै गरी करिब दुई महिना बित्यो, आमाले मान्नुभएन ।

ती युवकले आमा काम गर्ने जमिन्दारका भतिजा अनि आप्mना मित्र कोपबहादुर गुरौ र भतिजी रुपनी गुरौलाई सहमत गराई उहाँलाई बारम्बार फकाउन लगाइरहे । उनीहरु दुईजनाले फकाउँदा “त्यो मनबोध भन्ने ठिटो पढे–लेखेको छ, स्कुलमा मास्टरी गर्छ, परिवारको खेतीपाती पनि धेरै भएको छ, त्योसँग बिहे गर्‍यौ भने काम गर्न अर्काको घर गइरहनु पर्दैन, तँ पनि ‘मास्टरको बुढी मास्टर्नी’ हुन पाउँछेस्” भनेर सधैँ भनिरहने गर्दथे ।

ती युवावयका दिनहरू सम्झिँदै आमाले मलाई भन्नुभयो, “उनीहरू दुबैजना सधैँ बुबाका बारेमा राम्रा कुरा मात्र गरिरहन्थे । त्यो सबै सुन्दा सुन्दा म आजित हुन्थेँ तर एक दिन त मेरो मन पग्लियो र उनीहरुकै सहयोगले तिम्री हजुरआमा र मामालाई केही नभनी म तिम्रो बुबासित भागेँ । फकाउन सुरु गरेको पाँच–छ महिनामै भगाएर तिम्रोे बुबाले मलाई घर लानुभयो । त्यसको मतलब, हामीले ‘भागी बिहे’ गरेका थियौं ।”

आफ्नी छोरीलाई पढे–लेखेको र जागिर खाने अनि धनीमान्छेको छोराले भगाएकाले हजुरआमालाई निकै पीर पर्‍यो । उहाँको मनमा एउटै आशंका थियो, “कतै त्यस केटाले मेरी छोरीलाई भोलि बिगारेर छाड्ने पो हो कि ?”

कालान्तरमा हजुरआमाको यो आशंका केवल आशंका साबित भएको थियो ।

****

“बुबा पढे–लेखेको, गाउँबाहिर निस्केर राजधानी काठमाडौं र भारतमा पनि बसेर पढेको भएर होला, उहाँले हाम्रो परिवारको अवस्था नहेरी बिहे गर्नुभएको होला भन्ने मलार्ई लाग्छ,” मेरो एक सोधाइमा आमाले जवाफ दिनुभयो । आपूmलाई यस्तो लागे पनि उहाँले यस सम्बन्धमा कहिल्यै बुबासँग केही सोध्नुभएन । “आपूm गरिबको छोरी भएको कारणले बुबासँग केही पनि सोध्न अथवा आफैँ केही पृथक् काम गर्न मलाई साह्रै डर लाग्थ्यो,” आमा पुराना दिन सम्झिँदै भन्नुहुन्छ ।

आमाले अमेरिका–अनुभव सुनाउनुभयो, “त्यहाँ सबै कुरा राम्रो छ तर फ्रिजमा राखेको बासी खानेकुरा मलाई त पटक्कै मन परेन ।”

आमालाई परिवारको पहिलो बुहारी भनेर सबैले राम्रो व्यवहार गर्नुभयो । सासूहरुले खाना पकाउन सिकाउनुभयो । उहाँकी सासू मेरी आमा बुहारी भएर भित्रेकै साल बित्नुभयो तर त्यसपछि भने जेठी सासू झिन्की गुरौले उहाँलाई सबै काम सिकाउनुभयो । बिहान कुखुरा नबास्दै उठेर धान कुट्ने, घाम उदाउनुअगाडि बिहानको खाना ‘कलवा’ ठिक पार्ने, त्यसपछि दिउँसोको खाना ‘नहारी’ अनि घाम नडुब्दै रातिको खाना ‘सान्ह के भात’ बनाउनु पर्छ भनेर सिकाउनुभयो । त्यसका साथै कसरी धान सुकाउने र दाल जाँतोमा पिन्ने आदि सबै सिकाउनुभयो । आमाले पनि आफूले सम्पूर्ण काम गरेर र कडा मिहिनेत गरेर परिवारलाई नै खुसी बनाउने सोच बनाउनुभएको थियो ।

आमा बिस्तारै ठूलो र सम्पन्न परिवारमा घुलमिल हुन थाल्नुभएको थियो । त्यहीँ उहाँले पहिलोपटक चाँदीका गहना र सुनको फुली लगाउन थाल्नुभयो । जेठी सासूले ‘टीका’ –ट्याटू– बनाउने मान्छे बोलाएर हातमा ‘टीका’ बनाइदिनुभयो, “खाली हात बस्नु हुँदैन” भनेर । त्यस जमानामा हुनेखाने परिवारका छोरीहरुले खुट्टा र हातहरूमा बिहे अगाडि नै आफूलाई मन परेको बुट्टाको टीका बनाउँथे । विवाहभन्दा पहिले मेरी आमाको त्यस्तो केही थिएन । परम्पराअनुसार, बिहेको भोज नभएसम्म देउता थानमा जान नपाउने प्रचलन थियो । र त्यो विवाह भोज उहाँहरूको विवाह भएको एक वर्षपछि मात्र दसैँका दिनमा भएको थियो । त्यसपछि मात्र मेरी आमालाई “अब बल्ल म यो घरकी भएँ !” भन्ने अनुभूति हुन थालेको उहाँले मलाई बताउनुभएको हो ।

मेरी आमालाई आप्mनो परिवार र त्यही गाउँबाहेक अर्को संसार कस्तो हुन्छ भन्ने केही थाहा थिएन ।

मामा र हजुरआमाले जम्मा आठ वर्ष उनै जमिनदार खोरबहादुर गुरौको घरमा काम गर्नुभयो । तर मेरी आमाको विवाहपश्चात् मामा भने नवलपुरको बारौली (हाल कावासोती नपा–१५) मा जग्गा किनेर आफ्नै घरमा सर्नुभयो । हजुरआमालाई मेरी आमाले आफूसँगै राख्ने इच्छा गर्नुभयो र बुबा र परिवारमा त्यसका लागि आग्रह गर्नुभयो । बुबा र सम्पूर्ण सपरिवारबाट आमाको त्यो इच्छाप्रति सहर्ष सहमति प्राप्त भयो । त्यसपछि त हजुरआमा मेरा बुबाको परिवारमा आमासँगै बस्न थाल्नुभयो ।

विवाह भएको तीन वर्षपछि आमा १८ वर्ष पुग्नुभएको थियो । विसं. २०२० सालमा आमा पहिलोपटक सुत्केरी हुनुभयो र पहिलो सन्तानका रूपमा मेरो ठूलो दाइ भोजबहादुर गुरौ जन्मिनुभयो ।

समय बित्दै गयो । आमाले दुई–दुई वर्षको फरकमा तीन छोरा तीन छोरी गरी छ सन्तान घरमै जन्माउनुभयो । मलाई चाहिँ आमाले विसं. २०३० सालमा हिँड्दा–हिँड्दै व्यथाले च्याँपेपछि पिँढीमा जन्माउनुभएको थियो रे ।

हामी छजना छोराछोरी आमा, बुबा र हजुरआमाहरुको काखमा हुर्कियौं । खासगरी आमाले आफैँ सबै छोराछोरीको राम्रो हेरविचार गर्नुहुन्थ्यो ।

बुबालाई देखेर आमा सधैँ सोच्नुहुन्थ्यो, “पढेपछि राम्रो र ठूलो मान्छे हुने रहेछ । म पनि आपूmले दिन–रात भान्छामा र दिउँसो घाँसपात गरेर भए पनि छोराछोरीलाई पढाउँछु ।” बुबालाई पनि आप्mना सबै छोराछोरीलाई शिक्षित बनाउने रहर थियो । मेरो बुबा गाउँमा ‘बड्की मस्टरवा’ (ठूलो मास्टर) र आमा ‘बड्की मास्टर्नी’ भनेर चिनिनुहुन्थ्यो ।

म जन्मिनुअगाडि विसं. २०२८ सालतिर हाम्रो गाउँ छेउबाट भएर महेन्द्र राजमार्ग बन्ने भएको थियो । गाउँमा विकास हुने भयो भनेर गाउँका सबैजना अचम्मित र हर्षित भएका थिए । राजमार्ग बनाउनका लागि रसियन (गोरा) हरु ‘गाडी जस्तै घर’ मा बस्थे । दिनभर अत्यधिक गर्मी हुने भएकाले ती गोराहरु जीउ डुबाएर दिउँसोदेखि साँझसम्मै खोलामा बस्ने गर्दथे । गाउँका मान्छेहरु पहिलोपटक ‘गोरो छाला भएका विदेशी’ देख्दा आश्चर्यचकित भएका थिए । त्यही सन्दर्भमा केही रमाइला प्रसङ्ग पनि भए ।

गाउँकै एकजना अलिक जान्ने–बुझ्ने मानिसलाई आमाहरुले सोध्नु भएछ, “गोरा भनेको यिनै मान्छे हुन् ?” ती ‘लाल बुझक्कड’ ले पनि भनी दिएछन्, “ह, यी सदी गोरा हैने, सदी गोराक पुछ रहसई ।” (“यो गोरा त हो तर साँच्चैको गोरा हैन । साँच्चैका गोराको त पुच्छर हुन्छ) ।”

म अमेरिका आइसकेपछि आमालाई नदेखेको छ वर्ष भइसकेको थियो । विसं. २०६५ सालमा आमालाई अमेरिका बोलाएँ ।

आमालाई सबैभन्दा गाह्रो चाहिँ भिसाका लागि अन्तरवार्ता दिन जाँदा लागेको थियो रे । “एक्लै गएर बोल्दा के के बोलेँ बोलेँ” आमा भन्नुहुन्छ । भिसा भइसकेको केही हप्तापछि पहिलोपटक ठूलो हवाईजहाज चढेर आमा अमेरिका आउनुभयो । उहाँ सोझै सनफ्रान्सिस्को विमानस्थलमा ओर्लिनुभयो । उहाँलाई विमानस्थलमा लिन पुगेकी म आमालाई देख्दा त हेरेको हेर्‍यै भएँ ! उहाँ त सुटकेसको ट्रली आफैं गुडाउँदै हँसिलो अनुहार लिएर बाहिर निस्किरहनुभएको थियो र पूर्णत: तरोताजा ‘फ्रेस’ देखिनुभएको थियो । वास्तवमा आमाभन्दा म धेरै त्रसित थिएँ, उहाँलाई गाह्रो भयो कि भनेर । “पहिलो चोटि हवाईजहाज चढेको, डर लागेन आमा” उहाँलाई सोधेकी थिएँ । जवाफमा आमाले भन्नुभयो, “लागेन । घरको सोफामा बसेर आएजस्तो पो लाग्यो त ! काम नगरी दिनभरी बसेजस्तो लाग्यो ! खाना पनि बसेको ठाउँमा ल्याउने, ट्वाइलेट पनि भित्रै ! आफैँलाई पाहुनाजस्तो पो लाग्यो !”

आमा सुरुसुरुमा धेरै खुसी हुनुभयो । समुद्र देख्दा पानी छुन्छु भन्नुभयो । समुद्रको एक बोतल पानी नेपाल लान्छु भन्नुभयो । ‘यो पानीले कता छुन्छ ?” भनेर सोध्नुभयो । मैले “सीधै अर्कोतिर हङकङ, चीन र नेपाल” भनेँ । आमाको आफ्नै सोचाइ छ, समुद्रलाई ठूलो समुद्र र ‘सनफ्रान्सिस्को बे’ लाई सानो समुद्र भन्नुहुन्छ । नातिसँग गफ गर्न खोज्नुहुन्थ्यो थारु भाषा बोलेर र हातको इसारा गरेर । हजुरआमाको कुरा नबुझे पनि नाति उहाँसँग धेरै नजिक भयो । गफ गर्नुपर्ने छिमेकी र वरिपरि सबै अर्कै जाति, गोराहरु, भएको कारण आमालाई गाउँघरको सम्झना आउन थाल्यो । अनि त छिट्टै उहाँले नेपाल जाने भन्न थाल्नुभयो ।

बेलाबेलामा म आमालाई जिस्काउँथे, “यो साँचो गोराहरु हो आमा । साँचो गोराको नि पुच्छर हुँदैन है !” भनेर । उहाँको छ महिना अमेरिका बसाइँपछि म पनि छोरा लिएर आमासँगै नेपाल गएँ । हामी काठमाडौंमा दुई–तीन दिन बस्यौं । आमा पहिले गाउँ जानुभयो । गाउँमा सबैजना उहाँलाई भेट्न आउनुभयो । “नातिले के  खान्छ आमा ?” भनेर सोध्दा आमा भन्नुहुन्थ्यो, “चिकेन नगेट भन्छ, कुखुराको मासु जस्तै हुन्छ, त्यही खान्छ ।” त्यो सुनेर मेरा दिदीहरु हाँस्नुभयो, “एउटै त हो नि” भन्दै । आमाले अमेरिका–अनुभव सुनाउनुभयो, “त्यहाँ सबै कुरा राम्रो छ तर फ्रिजमा राखेको बासी खानेकुरा मलाई त पटक्कै मन परेन ।”

(यही २०७९ भदौ २७ गते सोमबार प्रज्ञा प्रतिष्ठानमा विमोचन हुन लागेको कृति छोरीले जन्माएका आमाहरु बाट साभार उद्धृत एक अंश)



from समाचार – Online Khabar https://ift.tt/bQhjvpk

Post a Comment

0 Comments