सिट बाँडफाँट न्यायोचित र सम्मानजक रुपमा सम्पन्न हुन्छ : कार्की

२१ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सत्ता गठबन्धनको कार्यदलका एक सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले सिट बाँडफाँट न्यायोचित र सम्मानजक रुपले सम्पन्न हुने बताएका छन् ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुसँग मन्त्रालयमा भएको भेटमा मन्त्री कार्कीले सबैले मैले जितेको छु भन्ने भावका साथ सिट बाँडफाँट हुने बताए ।

धेरैभन्दा धेरै आफ्नो दलका प्रतिनिधि सभा, प्रदेश सभा सदस्य निर्वाचित होउन् भन्ने चाहना हुनु स्वाभाविक भएको बताउँदै उनले भने, ‘सिट तीन आधारमा बाँडफाँट हुन्छ । न्यायोचित, सम्मानजनक र सबैले मैले जितेको छु भन्ने भावका साथ सिटको बाँडफाँट व्यवस्थित रुपले चाँडै नै हुने छ ।’ उनले सिट बाँडफाँटको काम चाँडै सक्नुपर्ने चाप आफूहरुलाई भएको उनले बताए ।

मुलुकलाई संविधान र समृद्धिको बाटोमा हिँडाउन गठबन्धन जरुरी रहेको उनले बताए । ‘गठबन्धन दलहरुको सिद्धान्त फरक छ तर मुलुकको स्वाधीनता, लोकतन्त्र र जनताको हितका पक्षमा हाम्रो धारणा साझा छ,’ उनले भने । गठबन्धन कसैका विरुद्ध नबनेको उनले दाबी गरे ।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा गराउन सरकार प्रतिबद्ध रहेको उनले बताए ।



from समाचार – Online Khabar https://ift.tt/cER5Kyo

Post a Comment

0 Comments