काठमाडौं–धादिङ रुटका बस चलेनन्, यात्रु अलपत्र

१३ असोज, काठमाडौं । बढी भाडा असुलेको भन्दै प्रहरीले कारबाही गरेपछि यातायात व्यवसायीहरुले आज काठमाडौंदेखि धादिङ जाने बस चलाएका छैनन् । बस नचलाउँदा यात्रुहरु अलपत्र परेका छन् ।

गन्तव्यमा जान नपाएका यात्रुहरुको आज बिहानैदेखि बालाजु माछापोखरी क्षेत्रको धादिङ बसपार्कमा घुइँचो छ । त्यहाँ प्रहरीहरु पनि उल्लेख्य संख्यामा खटाइएको छ ।

बस चलाउने विषयमा सरोकारवाला पक्षबीच अहिले वार्ता भइरहेको छ ।

 



from समाचार – Online Khabar https://ift.tt/uiq5yPI

Post a Comment

0 Comments