सत्ता गठबन्धनको बैठक ३ बजे बस्ने

१९ भदौ, काठमाडौं । सत्ता घटकका पाँच दलको बैठक दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।

शीर्ष तहका नेता सहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बस्न लागेको जनमोर्चाका नेता आनन्द शर्माले जानकारी दिए ।

आसन्न चुनावमा सिट भागबण्डामा सहमति खोज्नका लागि पाँच दलको बैठक बस्न लागेको हो । यस अघि बिहीबार बसेको बैठकमा सिट भागबण्डामा सहमति जुट्न नसकेपछि आज पुन: छलफलका लागि नेताहरुलाई डाकिएको छ ।



from समाचार – Online Khabar https://ift.tt/mz2i1k6

Post a Comment

0 Comments