केन्या भ्रमणमा नेपालको अन्तिम खेल आज

२० भदौ, काठमाडौं । दुई सातादेखि अफ्रिकन राष्ट्र केन्यामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज घरेलु टोलीसँग अन्तिम खेल खेल्दैछ ।

नेपाल र केन्याबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट खेल आज हुँदैछ । यसअघि नेपालले पहिलो र दोस्रो एक दिवसीय खेल जित्दै एक खेल अगावै शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ ।

नेपाल र केन्याको खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सवा १२ बजे सुरु हुनेछ ।

नेपालले केन्यालाई पहिलो एक दिवसीयमा ७ विकेटले र दोस्रो एक दिवसीयमा १७ रनले पराजित गरेको थियो ।

त्यसअघि भएको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृङ्खला नेपालले ३-२ ले जितेको थियो ।



from समाचार – Online Khabar https://ift.tt/QS3IYxs

Post a Comment

0 Comments