एक महिनामा सुनको मूल्य तोलामा ४ हजार ७ सयले घट्यो

३१ भदौ, काठमाडौं । भदौ महिनामा सुनको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार १ भदौदेखि ३१ भदौसम्म पहेंलो धातु सुनको मूल्य तोलामा ४ हजार ७ सय रुपैयाँले घटेको छ ।

भदौ एक गते छापावाल सुनको मूल्य ९६ हजार २ सय रुपैयाँ थियो तर महिनाको अन्तिम दिन ३१ भदौ शुक्रंबार छापावाल सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

महिनाभर सुनको मूल्यमा उतार चढाव रहेपनि महिनाको उच्चतम् मूल्य ९६ हजार २ सय र न्युनतम् मूल्य ९१ हजार ५ सय रुपैयाँ नै भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

अमेरिकन फेडरल बैंकले बैंकको ब्याजदर बढाउँदा सुनको मूल्यमा असर परेको बज्राचार्यको भनाइ छ । पछिल्लो केही महिनामा बैंकको ब्याजदरका कारण लगानीकर्ताहरुले सुन भन्दा फेडरल बैंककमा निक्षेप राख्न सुरक्षित ठान्दा सुनको मूल्य अवमूल्ययन भएको हो ।

बज्राचार्यको भनाइलाई सुनको अन्तर्राष्ट्रिय मूल्यले पनि थप प्रष्ट्याउँछ । स्पट गोल्डको तथ्यांकअनुसार पछिल्लो ३० दिन अवधिमा सुनको मूल्य प्रतिऔंस १२० डलरले ओरालो लागेको छ । १५ अगष्टका दिन एक हजार ७८० डलर प्रति औंसमा कारोबार भएको सुनको मूल्य १५ सेप्टेम्बरसम्म आइपुग्दा एक हजार ६६० डलरमा झरेको छ ।



from समाचार – Online Khabar https://ift.tt/A7u5mRh

Post a Comment

0 Comments