१ असोज, काठमाडौं । अछामको तीनवटा स्थानीय तहको पाँच स्थानमा पहिरोले पुरिँदा २१ जनाको मृत्यु भएको छ, २ जना वेपत्ता भएका छन् । पहिरोले पुरिँदा ३ जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको तुर्माखाँद गाउँपालिकाको एक ठाउँ र ढकारी गाउँपालिका तथा कमलबजार नगरपालिकाको दुई ठाउँमा पहिरो खस्दा ठूलो मानवीय क्षति भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दिपेश रिजालले जानकारी दिए ।
उनका अनुसार तुर्माखाँद गाउँपालिका–५ मा ८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । कमल बजार नगरपालिका–६ मा ७ जनाको मृत्यु भएको छ भने वडा नम्बर ८ मा ५ जनाको मृत्यु भएको छ । ढकारी गाउँपालिका–६ मा एक जनाको मृत्यु भएको छ । ढकारीकै वडा नम्बर १ मा एक जना बेपत्ता भएका रिजालले जानकारी दिए ।
पहिरोका कारण धेरै भौतिक क्षति भए पनि संकलन नभइसकेको उनले बताए । पहिरोमा परी घाइते भएका ३ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ ।
बेपत्ताहरुको खोजी भौतिक संरचनाको क्षतिको विवरण संकलन भइरहेको स्थानीय प्रशासनले जनाएको छ । शुक्रबार रातिदेखि परेको ठूलो पानीका कारण शनिबार राति पहिरो गएको थियो ।
from समाचार – Online Khabar https://ift.tt/X31hfNr
0 Comments
if you have any doubts, please let us know.