१५ भदौ, काठमाडौं । काठमाडौं नगर प्रहरीले अनधिकृत पार्किङबाट उठाएका मोटरसाइकल र कारबाही संख्यामा दैनिक अन्तर देखिएको छ । कारबाहीमा लागि ल्याइएका मोटरसाइकल कारबाही नगरी छाडेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै अनुसन्धान थालेको छ ।
कारबाही गर्नुपर्ने मोटरसाइकललाई कारबाही नगरी छाडिंदा अनियमितता भएको हुनसक्ने आशंकामा अनुसन्धान सुरु भएको अख्तियार स्रोतले बताएको छ । उनका अनुसार काठमाडौं महानगरपालिकाका कार्यालय परिसरमा ट्राफिक/पार्किङ व्यवस्थापन हेर्ने नगर प्रहरी निरीक्षक इश्वर वाग्लेमाथि छानबिन भइरहेको अख्तियारका एक अनुसन्धान अधिकारीले बताए ।
अनधिकृत पार्किङ गरेका मोटरसाइकलहरु उठाउँदा र कारबाहीको लागि ट्राफिक प्रहरीलाई बुझाउँदा दैनिक ४/५ वटाको अन्तर भेटिएको छ ।
‘अनधिृकत पार्किङ गरेको मोटरसाइकल उठाएर नगर प्रहरीले ट्राफिकलाई कारबाहीको लागि बुझाउने गर्छ, तर यसरी बुझाउँदा बीचबाट नै दैनिक जसो उठाएको भन्दा कम पुगेको भन्दै उजुरी परेको रहेछ,’ काठमाडौंको एक नगरप्रहरी अधिकृतले भने ।
काठमाडौं महानगरका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार वाग्लेसँग स्पष्टीकरण सोधर अख्तियारलाई चिठी पठाइसकेको छ । ‘हामीलाई छानबिनको लागि आएको पत्रअनुसार स्पष्टीकरण सोधेर अख्तियारमा पठाएका छौं । वाग्लेलाई अख्तियार आफैंले छानबिन गरिहेको छ,’ अर्यालले भने, ‘सबै विषय अख्तियारकै अनुसन्धानले स्पष्ट गर्छ ।’
from समाचार – Online Khabar https://ift.tt/CIADM2R
0 Comments
if you have any doubts, please let us know.