तनहुँमा पुरुषको शव भेटियो

८ साउन, तनहुँ । जिल्लाको व्यास नगरपालिका–३ परासर टोलस्थित अनसन चौतारीमा एक पुरुष मृतावस्थामा फेला परेका छन् ।

अन्दाजी ६०/६५ वर्षका जोगी भेषका व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शव परीक्षणका लागि दमौली अस्पतालमा राखी पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।



from समाचार – Online Khabar https://ift.tt/s8JuPGB

Post a Comment

0 Comments