भरतपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

२७ असार, चितवन । भरतपुर महानगरपालिका- १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

घटनामा परी इच्छाकामना गाउँपालिका-३ का २१ वर्षीय सन्दीप गुरुङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आज सोमबार बिहान साढे १ बजे पुल्चोकबाट मुग्लिनतर्फ जाँदै गरेको ना५ख ८४९७ नंको ट्रकले भित्री सडकबाट पोखरा बसपार्क जाने मुख्य सडक पार गर्न लागेको ना२६प ४८५१ नंको स्कुटरलाई ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट स्कुटर चालक गैंडाकोट नगरपालिका–४ का २१ वर्षीय मनिष लामा गम्भीर घाइते भएका थिए । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । पछाडि सवार गुरुङको उपचारका क्रममा मृत्यु भएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।



from समाचार – Online Khabar https://ift.tt/5dyVHji

Post a Comment

0 Comments