अर्घाखाँचीमा बाँदर धपाउने क्रममा एक जनाको मृत्यु   

३ साउन, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ केरुगामा बाँदर धपाउने क्रममा सोमबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टङ्क खनाल रहेका छन् ।

बारीमा पसेको बाँदर धपाउने क्रममा खनाल घाइते भएको स्थानीय गिरिबाबु खनालले जानकारी दिए ।

गम्भीर घाइते उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।



from समाचार – Online Khabar https://ift.tt/eajBslc

Post a Comment

0 Comments