श्रीलंकामा आज राष्ट्रपति पदको निर्वाचन, रनिल विक्रमसिंघेको सम्भावना

४ साउन, काठमाडौं । श्रीलंकामा आज राष्ट्रपति पदको निर्वाचन हुँदै छ । यसअघिका राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयन गर्न लागिएको हो ।

आर्थिक संकट चुलिएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका थिए ।

हाल अन्तरिम राष्ट्रपति बनेका रनिल विक्रमसिंघे नै नयाँ राष्ट्रपति बन्ने बढी सम्भावना रहेको समाचार एजेन्सीहरुले जनाएका छन् । उनी राजापाक्ष परिवारसँग निकट मानिन्छन् । संसदमा राष्ट्रपति पदको निर्वाचन अघि उनले श्रीलंकाभर आपतकाल घोषणा गरेका छन् ।

यसअघि राष्ट्रपति पदका दाबेदार विपक्षी नेता सजिथ प्रेमादासाले मंगलबार राष्ट्रपतिको दौडमा आफू नरहेको बताएका थिए । उनले नयाँ राष्ट्रपति पदको निर्वाचन अघि भारतसँग सहयोगको अपिल गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘चाहे जोसुकै राष्ट्रपति बनोस्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतका सबै राजनीतिक दल र भारतीय जनतासँग मेरो आग्रह छ, कि श्रीलंका र श्रीलंकाका जनताको समस्यालाई पार लगाउन सहयोग जारी रहोस् ।’

भारतीय विदेशमन्त्री एस जयशंकरले मंगलबारमात्र भारतले श्रीलंकालाई ३.८ अर्ब डलर सहयोग दिएको बताएका थिए ।



from समाचार – Online Khabar https://ift.tt/7E924RD

Post a Comment

0 Comments