जसपाबाट प्रदेश सांसद कौशल यादवसहित दुई जना निष्कासित

२० असार, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका एक जना सांसदसहित दुई जनालाई पार्टीबाट निष्कासन गरेको छ ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै पार्टीले प्रदेश सांसद कौशल कुमार यादव र संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्ष कौशल कुमार यादवलाई निष्कासन गरेको हो । यी दुबै महोत्तरी जिल्लाकै हुन् ।

महोत्तरी जिल्ला कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले यी दुबैलाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएको पार्टीका जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यादव महोत्तरी क्षेत्र नम्बर ४ को (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

हेर्नुहोस् जसपाको विज्ञप्ति



from समाचार – Online Khabar https://ift.tt/VqvyTrD

Post a Comment

0 Comments