जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु

३० असार, इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा बुधबार राति जिपको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बराहक्षेत्र-५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को१च ७७९१ नम्बरको टाटा सुमो (जिप) ले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्री धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते धामीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालक उदयपुरको बेल्टार–७ का ४३ वर्षीय समिर ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



from समाचार – Online Khabar https://ift.tt/hBLVFoX

Post a Comment

0 Comments