पाटन बारमा प्रगतिशील समूहका खतिवडा विजयी

२६ असार, ललितपुर । उच्च अदालत बार एशोसिएशन पाटनको २०औँ नयाँ कार्यसमितिको अध्यक्ष पदमा शान्तिराम खतिवडा विजयी भएका छन् । उनले एक हजार ६६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी रामकृष्ण शर्माले २७१ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा रामचन्द्र न्यौपानेले एक हजार २३ मत ल्याएर विजयी भएका छन् भने उनको प्रतिस्पर्धी नारायण खरेलले २८४ मत प्राप्त गरेका छन् । सचिवमा रवीन्द्रकुमार ढुङ्गाना, सहसचिवमा इन्दु कार्की र कोषाध्यक्षमा मिलन श्रेष्ठ विजयी भएका छन् ।

त्यस्तै १४ सदस्यमा रमति महर्जन, भवानी भट्टराई, ईश्वरप्रसाद पुडासैनी, ओमप्रकाश चौधरी, श्याम रोक्का, धर्मराज पौडेल, राजाराम घिमिरे, लावण्यराज कार्की, धनजीत बस्नेत, शुलभ खनाल, सरिता आचार्य, रामकुमार खतिवडा, भावेश गौतम र सागर शर्मा विजयी भएका छन् ।

देशका ९० बार एकाइमध्ये सबैभन्दा बढी सदस्य सङ्ख्या दुई हजार ८२८ मतदाता पाटन बारमा छन् । उक्त बारमा दुई समूह प्रतिस्पर्धामा उत्रिएका थिए । प्रजातान्त्रिक समूहको प्रतिनिधित्व शर्माले गरेका थिए भने प्रगतिशील समूह शान्तिराम खतिवडाले गरेका थिए । प्रगतिशील समूहमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी निकट कानुन व्यवसायी थिए ।

नयाँ कार्यसमितिमा पाँच पदाधिकारी र १४ सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । शनिबार मतदान सम्पन्न भएर राति अबेर मतपरिणाम सार्वजनिक गरिएको थियो । उक्त कार्यसमितिको समयावधि दुई वर्षको हुनेछ ।



from समाचार – Online Khabar https://ift.tt/BjP0uwE

Post a Comment

0 Comments