३० असार, काठमाडौं । काठमाडौंमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् ।
बुधबार राति साढे एक बजे नागार्जुन नगरपालिका-८ भीमढुङ्गामा घरमा पसेर चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् ।
भीमढुङ्गास्थित हर्सनखोलामा ४९ वर्षीय पन्चकुमार भट्टराईको घरमा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट उनको परिवारका पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको शरीका विभिन्न ठाउँमा चोट लागेको छ ।
from समाचार – Online Khabar https://ift.tt/vPO4BLz
0 Comments
if you have any doubts, please let us know.