रङ्गेली–विराटनगर सडकको कल्भर्ट बाढीमा बग्यो

१५ असार, विराटनगर। निरन्तरको वर्षासँगै आएको बाढीले हुलाकी मार्गको रंगेली-विराटनगर सडकखण्डमा कल्भट बगाएको छ ।

मोरङको रङ्गेली नगरपालिका-२ मङ्गलबारे खण्डको कल्भर्ट बगाएको हो ।

मंगलबार साँझ ७ बजेतिर नहरमा आएको बाढीले कल्भर्ट बगाएको प्रहरीले बताएको छ । सिँचाइका लागि बौनी खोलाबाट ल्याइएको नहरमा आएको बाढीले कल्भर्ट बगाउँदा अवरुद्ध  यातायात खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।



from समाचार – Online Khabar https://ift.tt/yFWqn8P

Post a Comment

0 Comments