बुटवलको मेयरमा कांग्रेसका पाण्डेयको जित निश्चित

७ जेठ, बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेयको जित निश्चित भएको छ । बुटवल वडा नंं ११ को ४५ सय मत गन्न बाँकी छँदा खेलराज नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा ७ हजार बढी मतले अगाडि रहेकाले पाण्डेयको जित निश्चित भएको हो ।

बुटवलका १९ मध्ये १८ वडा र गणना सम्पन्न हुँदा खेलराजले २५ हजार ६ सय १२ मत पाएका छन् भने भट्टराईको मत १८ हजार ६ सय ५९ रहेको छ ।

बुटवल ११ मा १० हजार ३५३ मत खसेकोमा अब ४५ सय मत गन्न बाँकी छ । ५९ सय मत गणना हुँदा खेलराजले २ हजार ५७४ र भट्टराईले २ हजार २५५ मत पाएका छन् ।

उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्यालको जित निश्चित भएको छ । गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका चिनबहादुर गुरुङ भन्दा अर्याल ६ हजार बढी मतले अगाडि रहेकाले उनको जित निश्चित भएको हो ।

बुटवलका १९ मध्ये १८ वटा वडाको नतिजा आइसकेको छ । जसमा नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नंं १०, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले ३० वर्षपछि नेकपा एमालेबाट नेतृत्व फर्काउन सफल भएको छ ।



from समाचार – Online Khabar https://ift.tt/ZMknQE6

Post a Comment

0 Comments