तिलोत्तमाको मेयरमा कांग्रेसका खांणको अग्रता कायमै

११ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खांणको अग्रता कायमै छ ।

बुधबार बिहान साढे ६ बजेसम्म गणना भएको ५० हजार ९९८ मतको परिणाम सार्वजनिक हुँदा खाँण ९८५ मतान्तरले अगाडि छन्। खाँणले १९ हजार ४७२ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका मोहन चापागाईंले १८ हजार ४८७ मतका साथ पछ्याइरहेका छन्।

उपमेयरमा भने एमाले उम्मेदवार जगेश्वरी चौधरीको जित पक्का भइसकेको छ । चौधरी माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेभन्दा दोब्बर मतले अगाडि छन् ।

तिलोत्तमा नगरपालिकामा वडा नं १, २, ३,४,५, १२,१३ १५,१६ र १७ नं वडाको अन्तिम परिणाम आइसकेको छ।  यीमध्ये वडा नं १, ४, १२ र १५ मा नेकपा एमाले र बाँकी सबैमा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन्  ।

वडा नं ६, ७, १० र ११ को मतगणना जारी छ । २०७४ को चुनावमा तिलोत्तमामा एमालेले मेयर/उपमेयरसहित १७ वडामध्ये १४ वडा जितेको थियो ।

अब करिब १३ हजार मत गन्न बाँकी छ । रुपन्देहीका १६ स्थानीय तहमध्ये १५ वटाको नतिजा आइसकेको छ ।



from समाचार – Online Khabar https://ift.tt/jd8ShHa

Post a Comment

0 Comments