दैलेख बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत

१२ जेठ, दैलेख । दैलेखको आठबिस नगरपालिका-२ स्थित सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत भएको छ ।

कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज जाँदै गरेको म१ख ६६० नम्मबरको बस बुधबार राति दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका-९ का प्रेम सुनार र काशीराम पाण्डे, कालीकोटको पलता गाउँपालिका-३ का ज्ञानबहादुर बम र धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख, डीएसपी भुबनेश्वर साहले जानकारी दिए ।

बसमा सवार केही व्यक्तिहरू घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य चौकी र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

 



from समाचार – Online Khabar https://ift.tt/iYJWZ4z

Post a Comment

0 Comments