चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तनहुँ आउँदै

२४ वैशाख, तनहुँ । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आज दमौली आउने भएका छन् ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको सभामा सहभागी हुन प्रधानमन्त्री देउवा तनहुँ आउन लागेका हुन् ।

सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्ऽ पौडेल र प्रवक्ता डा. प्रकाशशरण महतलगायत नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।

खनालका अनुसार कार्यक्रम बिहान साढे १० बजे सुरु हुनेछ ।



from समाचार – Online Khabar https://ift.tt/Cy6RTm7

Post a Comment

0 Comments