सप्तरीको बोदेबर्साइन नगरपालिकामा जसपा विजयी

७ जेठ, सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार आतेश कुमार सिंह यादव निर्वाचित भएका छन् । उनी ५ हजार ६ सय ९३ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका दिपेन्द्र कुमार यादवले ५ हजार २ सय ८० मत प्राप्त गरे । योसँगै जिल्लामै दोस्रो पटक मेयर पदमा निर्वाचित आतेश कुमार पहिलो हुन् ।

यसैगरी उपमेयरमा जसपाका रेणु कुमारी साह ५ हजार १५४ मत ल्याई निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुनिता कुमारी साहले ४ हजार ९३६ मत प्राप्त गरिन् ।

 



from समाचार – Online Khabar https://ift.tt/rh8MfHq

Post a Comment

0 Comments