शानदार जितसहित म्यानचेष्टर सिटीलाई ३ अंकको अग्रता

२६ वैशाख, काठमाडौं । म्यानचेष्टर सिटीले प्रिमियर लिगमा आइतबार न्युकासल युनाइटेडलाई ५-० ले हराएर उपाधि होड बलियो बनाएको छ ।

लिगमा अब तीन खेल बाँकी रहँदा सिटीले लिभरपुलमाथि ३ अंकको स्पष्ट अग्रता बनाउँदै शीर्ष स्थानमा उक्लेको छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा सिटीलाई जिताउन रहिम स्टर्लिङले दुई गोल गरे । यस्तै एमरिक लापोर्टा, रोड्री र फिल फोडेनले समान एक गोल गरे ।

जितपछि सिटीले ३५ खेलबाट ८६ अंक जोडेको छ । लिभरपुलको समान खेलबाट ८३ अंङ्क छ ।

यस्तै आर्सनलले आइतबारै लिड्स युनाइटेडलाई २-१ ले हराएर शीर्ष चारमा स्थान मजबुत बनाएको छ । ३५ खेलबाट ६६ अंक जोडेको आर्सनल चौथो स्थानमा छ । आर्सनलले पाँचौ स्थानको टोटनहम हट्सपरमाथि ४ अंकको अग्रता बनाइसकेको छ ।

अब हुने खेलमा टोटनहमलाई पराजित गरे आर्सनलले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गर्नेछ ।



from समाचार – Online Khabar https://ift.tt/X9dSYFT

Post a Comment

0 Comments