गु्ल्मीको रेसुंगाको मेयरमा कांग्रेसका पन्थी निर्वाचित

३१ वैशाख, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी निर्वाचित भएका छन् । पन्थीले आठ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

उपप्रमुख नेपाली कांग्रेसकै अमृतादेवी कुवँरले आठ हजार १९ मत ल्याएर उपप्रमुख निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नगर प्रमुखका उम्मेदवार नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले ७ हजार ३२० मत ल्याए । उपप्रमुखमा एमाले उम्मेदवार रीता पाण्डेले ७ हजार २ सय ३१ मत ल्याइन् ।

नगरपालिकामा २३ हजार ५३१ जना मतदाता रहेकोमा १६ हजार २३९ जनाले मतदान गरेका थिए ।

रेसुङ्गा नगरपालिकाका १० वटामा नेपाली कांग्रेसका र ४ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसबाट रेसुङ्गा नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसका हिराबहादुर थापा, ३ मा बाबुराम खत्री, ४ मा लिलाधर आचार्य, ५ मा दुर्गा प्रसाद खनाल, ७ मा रामजी पन्थी, ९ मा कृष्णप्रसाद पाण्डे र १० मा रामबहादुर बस्नेत, १२ मा चेहरसिंह टन्डन, १३ मा हुमबहादुर बस्नेत, १४ धनबहादुर पुन निर्वाचित भएका छन् ।

नेकपा एमालेका तर्फबाट रेसुङ्गा १ मा रामप्रसाद पन्थी, ६ मा गनबहादुर गुरुङ र ८ मा निरञ्जन थापा काउछा, ११ मा खुमबहाादुर राना विजयी भएका छन् । ०७४ सालमा सम्पन्न निर्वाचनमा नेकपा एमालेले नगरप्रमुख, उपप्रमुख र ६ वटा वडामा वडाअध्यक्ष जितेको थियो ।



from समाचार – Online Khabar https://ift.tt/wnp28Mr

Post a Comment

0 Comments