सुशासन र पर्यावरणीय संरक्षणका लागि मेरो उम्मेदवारी : महर्जन

२३ वैशाख, काठमाडौं । नेपाल परिवारका दलकातर्फबाट काठमाडौं महानगरको प्रमुखको पदमा उम्मेदवारी दर्ता गराएका डा. पिया रत्न महर्जनले आफू काठमाडौँको संस्कृतिसँग परिचित रहेको बताएका छन् ।

सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले सांस्कृतिक ऐतिहासिक पहिचानको संरक्षण र आधुनिक विकास पद्धति आफ्नो योजनामा रहेको बताए ।

भ्रष्टाचारको उन्मुलन र सुशासनको प्रत्याभूति, निष्पक्ष नेतृत्व र पर्यावरणीय संरक्षणका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै डा. महर्जनले सहरलाई स्मार्ट बनाउँदै लैजाने, युवाहरुलाई व्यवसायिक तालिमबाट उद्यमी बन्न प्रोत्साहन गर्ने, नदी संंरक्षण र जल सम्पदा जोगाउने, फोहोरलाई दिगो व्यवस्थापन गर्नेलगायतका योजना सुनाए ।

पर्यावरण सुरक्षा सम्बन्धी पत्रकारको उत्तरमा उनले विद्युतीय सवारीमा आफ्नो जोड हुने बताए । त्यसैगरी सहरको भौतिक पूर्वाधारलाई सुधार गरेर युनिभर्सल डिजाइनमा रुपान्तरण गर्ने योजना सुनाए ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्गर्तत काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि ५५ जनाको उम्मेदवारी परेको छ । प्रमुख उपप्रमुखसहित ८२६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।



from समाचार – Online Khabar https://ift.tt/UnyY2AV

Post a Comment

0 Comments