माओवादी केन्द्र त्रिवेणीका अध्यक्ष खड्का रिहा

२८ वैशाख, रुकुम पश्चिम । प्रहरी चौकी तोडफोड गरेको आरोपमा पक्राउ परेका माओवादी केन्द्र त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश खड्का रिहा भएका छन् ।

चौरजहारी नगरपालिका-१४ स्थित प्रहरी चौकी तोडफोड भएको घटनाको सम्बन्धमा सोधपुछको लागि भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

खड्कालाई सोधपुछपछि प्रहरीले मंगलबार राति नै माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनको जिम्मामा छोडेको हो ।

आवश्यक परेको बेला जिल्ला प्रहरी कार्यालयमा हाजिर हुने गरी रिहा गरिएको प्रहरीले जनाएको छ ।

यही वैशाख २२ गते कांग्रेस र माओवादी कार्यकर्ताबीचमा झडप भएको थियो । सोही क्रममा प्रहरी चौकीमासमेत क्षति भएको छ ।

यो घटनामा कांग्रेस र माओवादीले एकअर्कालाई आरोप लगाउँदै आएका छन् ।



from समाचार – Online Khabar https://ift.tt/CGDyA2f

Post a Comment

0 Comments