कैलालीको जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी

७ जेठ, धनगढी । कैलालीको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी र उपाध्यक्षमा लालमतीदेवी कठरीया विजयी भएकी हुन् ।

गाउँपालिका अध्यक्षमा विजयी भएका चौधरी करिब २५ वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएका थिए । उनले ७ हजार १५१ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार परशुराम कठरीयाले ५ हजार २४२ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार नेकपा एमालेका टेकबहादुर बमले ४२४१ मत पाए ।

यसैगरी गाउँपालिका उपाध्यक्षमा ६ हजार ५६२ मत प्राप्त गरी नागरिक उन्मुक्ति पार्टीकी लालमतीदेवी कठरीया विजयी भइन् । उनीसँग नेकपा एमालेकी उम्मेदवार गीता चौधरी १ हजार ७०४ मत अन्तरले पराजित भइन् । चौधरीले ४ हजार ८५८ मत पाएकी छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार जय प्रकाश दहितले ४ हजार ५४८ मत प्राप्त गरे ।

यसअघि रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी कैलालीका टिकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा विजयी भइसकेको छ ।



from समाचार – Online Khabar https://ift.tt/njXITK5

Post a Comment

0 Comments