बर्दिबासमा स्वतन्त्र उम्मेदवारलाई झण्डै ३०० मतको अग्रता

१ जेठ, बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता कायम राखेका छन् । शनिबार रातिसम्म उनले १११९ मत ल्याएर अग्रस्थानमा छन् ।

त्यस्तै माओवादी केन्द्रका राजु खड्काले ८३८ र नेकपा एमालेका टेकबहादुर बलम्पाकीले ७८४ मत पाएका छन् ।

उपप्रमुखमा माओवादी केन्द्रकी उम्मेदवार कृष्णमाया गौतमले ८६३, स्वतन्त्र उम्मेदवार तारा देवीले ७४३ र नेकपा एमालेकी उम्मेदवार दुर्गा दाहालले ७०२ मत पाएकी छन् ।



from समाचार – Online Khabar https://ift.tt/BWwY9Un

Post a Comment

0 Comments