बन्दीपुरको भुजेल बस्तीमा बाँड्न लागेको ५० बोरा चामल बरामद

२९ वैशाख, तनहुँ । बन्दीपुर गाउँपालिका वडानम्बर ५ मा मौन अवधिमा बाँड्न लागिएको चामल प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार राति यम्पा भन्ने स्थानबाट बाँड्ने तयारी गरिरहेका बेलामा ५० बोरा चामल प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्थानीय भुजेल बस्तीलाई बाँड्ने तयारी गरेकोबेला माओओवादीको युवा संगठन वाईसीएलले चामल नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेको थियो ।

चामल बाँड्न लागेको सूचना थाहा पाएपछि यम्पा पुगेको प्रहरीले चामद बरामद गरेको हो । चामल कुन पार्टी वा समूहले बाँड्न लागेको भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

 



from समाचार – Online Khabar https://ift.tt/IVrw5Hy

Post a Comment

0 Comments